धादिङको नौबिसे भएर ५.२ रेक्टरको भूकम्प

296
  •  
  •  
  •  

काठमाडौं, ११ वैशाख(ओएनएस) : धादिङको नौबिसे केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो । भूकम्प मापन केन्द्रकाअनुसार बिहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको थियो ।
यसअघि चार वर्ष अघि २०७२ वैशाख १२ मा विनाशकारी भूकम्प गएको थियो । भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ ।


  •  
  •  
  •