भूकम्पले सुरक्षित हुन पाठ सिकाएको छ : प्रधानमन्त्री

366
  •  
  •  
  •  

काठमाडौं, १२ वैशाख(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले चार वर्ष अघि गएको विनाशकारी भूकम्पले सुरक्षित हुन पाठ सिकाएको बताएका छन् । २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पको सम्झनामा प्रधानमन्त्री ओलीले ट्वीट मार्फत उक्त कुरा बताएका हुन् ।

उनले ट्वीटमा लेखेका छन्,‘चार वर्षअघिको विनाशकारी भूकम्पले हामीलाई सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको छ ।’

सयौं वर्ष पूराना भौतिक संरचनाहरु भुकम्पका कारण ढलेको उल्लेख गर्दै तिनीहरुको पुनर्निर्माण गर्न वर्षाै लाग्ने समेत ट्वीट मार्फत उल्लेख गरेका छन् । उनले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्ष भित्रमा पूर्णता दिने उल्लेख गरेका छन् ।


  •  
  •  
  •