गोरखामा भूकम्पको धक्का महसूस

267
  •  
  •  
  •  

गोरखा, ३ चैत(ओएनएस) : गोरखामा भूकम्पको धक्का महसूस गरिएको छ ।

मंगलबार १२ बजेर ३५ मिनेट जाँदा गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सोमबार मात्रै बझाङ र शनिबार रसुवामा पनि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का महसूस गरिएको थियो ।


  •  
  •  
  •