दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

303
  •  
  •  
  •  

काठमाडौं, २६ चैत(ओएनएस) : दोलखा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । दिउँसो १ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का ४.२ रिक्टरस्केलको रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का दोलखा र आसपासका जिल्लाहरुमा समेत महसुश भएको बताइएको छ ।
यसैबीच आज नै सुदूरपश्चिममा भूकम्पको धक्का महशुुस गरिएको थियो । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महशुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो ।

यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक परकम्प गएको थियो । गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपश्चात् सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ ।


  •  
  •  
  •