भूकम्प पिडितलाई टुरिजम बैंकको २० लाख सहयोग

104
  •  
  •  
  •  

काठमाडौ, १२ साउन(ओएनएस) : टुरिजम् डेभलपमेन्ट बैंकको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा २० लाख रुपैयाँ प्रदान गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बैंकका अध्यक्ष प्राडा पुष्प राज कडेंल र प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले यस अघि बैंशाख १७ गते उक्त कोषमा १० लाख रुपैयाँ जम्मा गरेको थियो । सोमबार १० लाख रुपैयाँ जम्मा गरी २० लाख रुपैयाँ पुर्याएको हो । बैंकको सिइओ ढकालले आफुहरुले जम्मा गरेको पैसाले भुकम्प पिडिलाई सहयोग पुग्ने जानकारी दिएका छन् ।


  •  
  •  
  •