काठमाडौं, ६ वैशाख(ओएनएस) : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द‘विप्लव’ समूहका नेता सूर्य भुजेललाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको हो ।
महानगरीय अपराध महाशाखाले भूजेललाई काभ्रेबाट पक्राउ गरेको थियो । महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध, हातहतियार खरखजनासम्बन्धी मुद्दा लगाएको थियो । भुजेल विप्लव समूहका केन्द्रीय नेता हेमन्तप्रकाश ओलीसँगै प्रहरीले पक्राउ गरेको थियो ।