१० करोड क्षतिपूर्ति दाबी गर्दै साम्राज्ञीविरुद्ध भुवनले हाले मुद्दा

81
  •  
  •  
  •  

काठमाडौं । नायक भुवन केसीले नायिका साम्राज्ञी आरएल शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । नायक केसीले १० करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै शुक्रबार मुद्दा दायर गरेका हुन् ।

साम्राज्ञीले चलचित्र ड्रिम्सको सुटिङ सेटमा आफू अपमानित हुनुपरेको भुवनमाथि आरोप लगाएकी थिइन् । यस्तै एक कार्यक्रमका लागि जापान पुगेको बेला अभिनेता केसीले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्।

साम्राज्ञीको आरोप गलत भएको र त्यसले आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेता केसीले यसअघि कलाकार संघमा उजुरी दिएका थिए।


  •  
  •  
  •