प्रधानसेनापति र सशस्त्रका आईजीपी सुदूरपश्चिमको निरीक्षण भ्रमणमा

306
  •  
  •  
  •  

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल सुदुरपश्चिम पृतनाको नियमित निरीक्षण भ्रमणका लागि निस्केका छन्।

थापा र खनाल बुधबार बिहान हेलिकप्टरमा त्यसतर्फ लागेका हुन्। निरीक्षणका क्रममा दार्चुलास्थित सेनाको गुल्म, हालै सञ्चालित छाङरुङस्थित सशस्त्र प्रहरीको व्यस क्याम, नेपाली सेनाद्वारा निर्माणाधिन घाटेबगरको चार सय ५० मिटर घोडेटो बाटोको पनि निरीक्षण गर्नेछन्।

बिहान साढे सात बजे उडेका र खनालले धनगढी हुँदै प्रदेशको नेपाली प्रहरी प्रमुखलाई लिएर दार्चुला पुग्ने, त्यहाँ सुरक्षा समितिका पदाधिकारीसँग छलफल गर्ने, सेनाको गुल्मका प्रमुख, सिडिओ लगायतलाई लिएर छाङरुङ क्षेत्रमा निरीक्षण भ्रमण गर्ने योजना छ।

निरीक्षण भ्रमण सकेर धनगढीमा मुख्यमन्त्रीलगायतसँग छलफल गरी बिहीबार मात्रै काठमाडौँ फर्कने योजना छ।


  •  
  •  
  •