प्रदेश प्रमुखको चर्चा प्रति पोखरेलको आपत्ती

  •  
  •  
  •  

काठमाडौं,२८ (ओएनएस) :  प्रदेश प्रमुखको चर्चा प्रति पूर्व आयुक्त भोजराज पोखरेलले आपत्ती जनाएका छन् ।
पोखरेलले प्रदेश प्रमखका लागि शक्ति केन्द्रमा धाउन थालेको, छनोटमा परेको, वालुवाटार बोलाएर नियुक्तीका लागि सहमती लिइसकेको भन्ने कुरा निराधार रहेको अाेएनएसलाइ बताए ।
पाेखरेलले आफु कुनै पदको आकांक्षी नभएको, पदका निम्ती कसै संग सम्पर्क नभएको आफुलाई सोध्दै नसोधी चर्चामा ल्याएको प्रति आक्रोश व्यक्त गरेका छन् । उनले आफुले भएको पद स्वईच्छाले छोडेको र सामान्य जीवन विताइरहेकाले चरित्र हत्या नगरिदिन मिडियालाई  भनेका छन् ।

उनले आफुलाई शान्ति संग बस्न र बाँच्न दिन समेत आग्रह गरेका छन् । सरकारले अाज गर्ने भनिएकाे प्रदेश प्रमुखकाे नियुक्तीमा पाेखरेल सहित त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, र माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायतको नाम चर्चामा रहेका छन् ।


  •  
  •  
  •