‘चीनसँग प्रधानमन्त्री तहमा सम्झौता गर्ने तयारी’

328
  •  
  •  
  •  

काठमाडौं ६ माघ (ओएनएस) : उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले र चीनसँग प्रधानमन्त्री तहमा नै व्यापार सम्झौता हुन लागेको जानकारी दिएका छन् । चीनसँग जोडिएका सबै नाका सहज बनाएर प्रधानमन्त्री तहमा छिट्टै सम्झौता हुने उनले दावी गरे । चीनसँग सम्झातौ गर्दा भारतसँगको सम्बन्ध पनि यथावत रहने बताउँदै मन्त्री रावलले हिजो नेपालीहरुले भारतलाई धेरै विषयमा गुन लगाएको र अहिले पनि त्यसमा पछि नहट्ने बताए ।

हाम्रो समृद्धि बहुउद्देश्यीय सहकारी सस्था’को आज काठमाडौको न्यूरोडमा उद्घाटन गर्दै रक्षा मन्त्री रावलले वार्तामा आउन मधेसी मोर्चालाई आह्वान गरे । मधेसी मोर्चाले राखेका माग पुरा गर्न सरकार पूर्ण प्रतिवद्ध भइसकेकाले अब नभागी वार्तामा बस्नु पर्ने बताएका छन् । उनले जुनसुकै तहमा पनि वार्ता गर्न तयार रहेकाले मधेसी मोर्चा वार्तामा नआए सरकारले संसोधनको प्रक्रिया अगाडी बढाउने बताए ।

‘हिजो अचानक मधेसी मोर्चाले कार्यदलसँग वार्ता नगर्ने भन्ने जानकारी गरायो त्यो दुःखद कुरा हो’रावलले भने, व्यक्तिगत तहमा भए व्यक्तिगत तहमा, शीर्ष तहमा भए शीर्षतहमा संसदमा भए संसदमा पनि सरकार वार्ता र सम्वाद गर्न तयार छ तर जनताको हित र निकास प्रतिवद्ध हुनुपर्छ । धेरै विषयमा मिलिसकेको भन्दै मन्त्री रावलले सरकार लचक भएर वार्तामा प्रस्तुत भएको दावी गरे ।
नेपालको संविधान विश्वका सबै देशले बनाएको संविधान भन्दा उत्कृष्ट भएको पनि उनले दावी गरे ।

मुलुकको समृद्धिमा युवाको सहभागिता
मुलुकको समृद्धिका लागि सरकारले युवा व्यवसायीहरु सहकार्य गरेर अघि बढ्न खोजेको पनि उनले जानकारी दिए । केही युवाहरु मिलेर ठूलो पूँजीका साथ सहकारी स्थापना गरेर काम गर्न खोज्नुलाई उनले प्रशंसा गरे । सरकारी क्षेत्रमा देखिएका अप्ठ्याराहरुलाई फकाएर सरकार अघि बढ्न तयार रहेको पनि प्रतिवद्धता जनाए ।

राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्रप्रसाद ढकालले सहकारीले मुलुकको समृद्धि, विकास र गरिवी निवारबणमा ठूलो योगदान गरेपनि केही ऐन नियमका अप्ठ्यारा रहेका बताए । उनले खुलेका सबै सहकारीलाई जोगाउने दायित्व सरकारको पनि रहेका बताए । बहुद्देश्यीय सहकारी सस्थाका अध्यक्ष चन्द्र ढकालले एउटै सोच र देशको समृद्धिका साथ सक्ने युवाहरुको समुहले नयाँ काम गर्न खोजेको बताए ।

उनले नेपालमा भएका ३३ हजार सहकारीहरुको भीडमा समृद्धि बहुउद्देश्यी सस्थाले आफुलाई फरक रुपमा स्थापित गर्ने दावी गरे । सस्थाका सचिव जगत साउदका अनुसार शिक्षा, स्वास्थ्यका साथै नवउद्यमीहरुलाई प्रोत्साहन दिन सस्थाको स्थापनिा गरिएको बताए । हाम्रो समृद्धि विश्वास र सहकार्यको नारा तय गरेको र त्यसलाई पछ्याएर अघि बढ्ने उनले बताए । ५ करोड शेयरपूँजीका साथ आज हाम्रो समृद्धि सहकारी सस्थाको स्थापना गरिएको छ ।


  •  
  •  
  •