माघ ८ मा संविधान आउँदैन : उपाध्यक्ष रावल

243
  •  
  •  
  •  

bhim-rawal1काठमाडौ, १० पुस (ओएनएस) :  नेकपा एमालेका उपाध्यक्ष भीम रावलल यहि स्थिति कायम रहे माघ ८ गतेभित्रै संविधान जारी हुन नसक्ने दाबी गरेका छन् ।

बिहीबार राजधानमा भएको एक कार्यक्रममा उपाध्यक्ष रावलले पूर्वनिर्धारित मिति माघ ८ गते नै संविधान जारी गर्न असम्भव भएको भन्दै माघ ८ गतेपछि सरकार परिवर्तन गर्ने वा के गर्ने भन्ने बारेमा सत्तासाझेदार दल नेपाली काँग्रेससँग छलफल गर्ने पनि जानकारी दिए ।

उनले भने–‘अहिले नै सरकार परिवर्तन गर्ने बेला होईन, बरु कसरी हुन्छ सबै दल एक ठाउँमा बसेर सहमित कायमगर्ने बेला हो । यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ ।’

उनले सहमति नभएको अवस्थामा प्रक्रियाबाट संविधानजारी गर्नु चुनौतिपूर्ण भए पनि त्यसको विकल्प नभएको भन्दै संविधानजारी गर्ने पक्षमा आफूहरु रहेको प्रतिबद्धता दोहोर्याए । यद्धपी रावलले समय निकै घर्किसकेको भन्दै पूर्वनिर्धारित मिति माघ ८ गते नै संविधानजारी गर्ने सम्भावना टरेको समेत स्पष्ट पारे ।

नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले दलहरुवीच सबै कुरा मिलेको तर नमिलेको कुरा भने सत्ता समिकरण भएको भन्दै अहिलेको विवाद संविधान जारी गरेपछि कसको कुन हैसियत हुने, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको बन्ने भन्ने विवाद भएको बताए । उनले जनतालाई संविधानको अन्र्तबस्तुमाविवाद भनेर गुमराहमा नपार्न आग्रह गर्दै सबैलाई गंभिर हुन आब्हान समेत गरे ।

माघ ८ गते कुनै पनि हालतमा संविधान आउनन सक्ने र मस्यौदामात्रै ल्याउन सके पनि ठूलो विजयहुने भन्दै अहिलेको मोर्चाको आन्दोलनको घोषणा पनि सत्ताकै झगडाको उपज भएको दावी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले सत्तासमिकरणको विषयले राजनीतिलाई प्रभावितपारेको भन्दै बर्तमान गतिरोध र अन्यौलता आउनुको दोषी प्रमुख दलका शिर्ष नेताहरु भएको आरोप लगाए ।

राणाले पहिलो संविधानसभाको पहिलो बैठकमै आफुहरुले हिन्दु राष्ट्रलाई हटाउने विषयमा असहमति जाहेर गर्दै आगामी केन्द्रीय समितिको बैठकले गणतान्त्रिक हिन्दूराष्ट्रको अवधारणा ल्याउने बताए ।


  •  
  •  
  •