प्राधिकरणले क्वाटरको लाइन काटिदिएको विरोधमा भेरी अस्पतालका सबै सेवा ठप्प

152
  •  
  •  
  •  

???????????????????????????????नेपालगञ्ज, ४ बैशाख (ओएनएस)  :   नेपाल विद्युत प्राधिकरणले क्वाटरको प्रसारण लाइन काटिदिएको विरोधमा भेरी अञ्चल अस्पतालका कर्मचारीले अस्पतालका सबै सेवा ठप्प पारेका छन् । गत साता प्राधिकरणले ७६ लाख रुपैयाँ बक्यौता नतिरेको भन्दै कर्मचारी बस्ने क्वाटरको लाइन काटेको थियो ।

अस्पतालका कर्मचारी र चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि मध्यपश्चिमका बिरामीहरुलाई प्रत्यक्ष मार गरेको छ ।  प्राधिकरणले प्रसारण लाइन काटेपछि अस्पतालमा ६ दिन देखि खाने पानीको हाहाकार भएको छ ।

पानीको आभाव देखाउँदै चिकित्सक र कर्मचारी हडतलामा उत्रदा बिरामीहरु ठूलो समस्यामा परेका हुन् । प्राधीकरणले ७६ लाख रुपैयाँ बकौता भएपछि अस्पतालका ४७ वटा क्वाटरको बिद्युत लाइन काटनु परेको जनाएको छ । तर चिकित्सकहरुले महसुल आफैले तिर्न सहमत हुदा समेत बिना सूचना लाइन काटेपछि काम बन्द गर्नुपरेको बताएका छन् ।

बिद्युत बन्द काम बन्द भन्दै हडतालमा उत्रेका चिकित्सकहरु उपचारार्थ आउने बिरामी भर्ना लिन बन्द गरेका छन । उपचार नपाएपछि संकटमा परेका बिरामी अस्पताल छाडेर जादा शैया पुरै खालि भएका छन । अस्पताल व्यवस्थपन पक्षले अझै दुई दिनसम्म समस्याको समाधान हुन नसक्ने जनाएको छ ।

१ सय २५ शैयाको भेरी अञ्चल अस्पतालमा चिकित्सकहरुले काम बन्द गरेपछि मध्य तथा सुदुरपश्चिमान्चल क्षेत्रबाट उपचारार्थ आउने बिरामी भारत र अन्य अस्पताल जान बाध्य भएका छन् ।


  •  
  •  
  •