एमसीसी संशोधन नगरी संसदबाट पारित हुन दिनौँः भिम रावल

139
  •  
  •  
  •  


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन सम्झौतामा रहेका कतिपय प्रावधान राष्ट्रघाती रहेको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले एमसीसीलाई संशोधन नगरी संसदबाट पारित हुन नदिने चेतावनीसमेत दिए । उनले एमसीसीमा राखिएका कतिपय प्रावधान नेपालको संविधानविपरित रहेको, त्यो नेपालको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता, नेपालको राष्ट्रको हितविपरित रहेकाले त्यसलाई संशोधन नगरी अघि बढाउन नमिल्ने बताए ।


  •  
  •  
  •