राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

163
  •  
  •  
  •  

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । वाङले राष्ट्रपति कार्यालय, शीतल निवासमा मंगलबार शिष्टाचार भेट गरेका हुन्।

सो अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटका अवसरमा राष्ट्रपति भण्डारीले ऐतिहासिक कलादेखि नै नेपाल र चीन असल छिमेकी रहेको बताउँदै यस प्रकारको उच्च तहको भ्रमणले बहुआयामिक र नागरिक नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेकी थिइन् ।

भेटमा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका साथै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो ।


  •  
  •  
  •