संविधानसभामा सम्वाद समितिको प्रतिवेदन पेश

91
  •  
  •  
  •  

काठमाडौं, २ कात्तिक (ओएनएस) : संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले समितिले संविधानका सहमतिका तथा विवादित विषय समेटेर तयार पारेको प्रतिवेदन संविधानसभामा पेस गरेका छन् ।

प्रतिवेदन पेस गर्ने क्रममा उहाले तोकिएको समयमा काम गर्न नसकेको कारण केही अप्ठेरो महसुस भएको भन्दै महत्वपूर्ण काममा जटिलता देखिनु स्वभाविक भएको र जटिल विषयको सहमतिमा समय लाग्नु पनि स्वभाविक भएको बताए ।

उनले माघ ८ कार्यतालिका प्रभावित नहुने गरी कार्यतालिका हेरफेर गर्नुपर्ने बताए । सभापति भट्टराईले पछिल्लो पटक थपिएको अवधिमा सात वटा बैठक राखेको र थुप्रै अनौपचारिक छलफल गरेको बताए । केही विषयमा सहमति जुटाएपनि धेरै विषयहरुमा सहमति निर्माण नभएकाले सहमति निर्माण हुन नसकेको भट्टराईको भनाई छ ।

राज्य पुनःसंरचना, शासकीय स्वरुप लगायतका विषयमा सहमति निर्माण हुन नसकेको र तीन विषयमा सहमति निर्माण पनि नभएको र सहमति हुँदैन भन्ने निष्कर्षमा पनि पुगि नसकेको भन्दै माघ आठको कार्यतालिका प्रभावित नगर्नेगरी थप समय आवस्यक भएको भन्दै कुरा घुमाएर समय माग गरे ।

समिति सभापति डा. बाबुराम भट्टराईले आज प्रतिवेदन प्रस्तुत गर्दै तोकिएको समयमा सहमति कायम गर्न नसक्दा केही अप्ठेरो महशुस भए पनि अहिले सम्म पनि आफूहरु निराश नभएको र सहमतिका लागि प्रयास जारी नै रहेको बताएका छन् ।

उनले संविधानका प्रमुख विषयमा सहमति जुटाउनु जटिल विषय भएकाले यसमा यसमा समय लाग्नू स्वभाविक भएको बताउँदै उनले माघ ८ को कार्यतालिका प्रभावित नहुँने गरी कार्यतालिका हेरफेर गर्नुपर्ने बताएका छन् ।

सभापति डा. भट्टराईले पछिल्लो पटक थपिएको अवधिमा सात वटा बैठकहरु बसेको र थुप्रै अनौपचारिक छलफलहरु समेत भएको उल्लेख गर्दै अहिले नै सहमति नजुटे पनि सहमति नै हुँदैन भन्ने निष्कर्षमा आफूहरु पुगी नसकिएको पनि स्पष्ट पारेका छन् ।


  •  
  •  
  •