वैद्यको मागअनुसार राष्ट्रिय राजनीतिक सभा हुन्छ : डा भट्टराई

119
  •  
  •  
  •  

काठमाडौं, १३ भदौ (ओएनएस) : संविधानसभा राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले नेकपा–माओवादीको मागअनुसार राष्ट्रिय राजनीतिक सभाको तयारी भइरहेको बताएका छन् । संविधानका अन्तरबस्तुमा सहमति जुटाउनु अगावै राष्ट्रिय राजनीतिक सभाको आयोजना गर्ने गृहकार्य भइरहेको उनको भनाइ थियो ।

Baburam

संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित नियमित पत्रकार सम्मेलनमा सभापति भट्टराईले त्यो सभामा को–को सहभागि हुने र म्याण्डेट के हुने भन्ने मात्र तय हुन बाँकी रहेको बताए । ‘नेकपा माओवादीसँग सहमति नगरी संविधानका अन्तरबस्तुमा सहमति कायम गर्नु हतारो हुन्छ’, उनले भने, ‘मोहन बैद्य समूहसँग सहमति नगरी जाँदा उनिहरुलाई छाडेको अर्थ लाग्छ ।’

सभापति भट्टराइले संविधानका अन्तरबस्तुमा भदौ २१ ग्ते अगावै सहमति हुने दाबी गरे । ‘अहिलेसम्म संख्यात्मक काम भएका थिए, अब गुणात्मक काम हुन्छ, उनले भने, गर्भमा रहेको बच्चा हुर्किन समय लाग्ने हो, जन्मन केही बेर लाग्दैन ।’ प्रमुख दलबीच अनौपचारिक तवरमा छलफल जारी रहेको उल्लेखगर्दै भट्टराईले धेरै विषय सहमति नजिक पुगिएको बताए ।

सभापति भट्टराईले संविधानका अन्तरबस्तुमा रहेका विबाद मध्ये राज्य पुनर्संरचना मुख्य विबाद र शासकीय स्वरुप दोस्रो ठूलो विबाद रहेको बताए । उनले दलहरुबीच विश्वासको वाताबरण तयार गर्न चारबँुदे सहमति कार्यान्वयनमा जोड दिएका छन् । संविधान लेखन कार्यतालिका अनुसार राजनीतिक संवाद समितिले भदौ तेस्रो सार्ता अर्थात २१ गतेसम्म विबादित विषयमा सहमति कायम गर्नु पर्नेछ ।


  •  
  •  
  •