काठमाडौं ,२९ कात्तिक (ओएनएस) : संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले मंसिर १ को संवाद समिति बेठक अघि सहमतिमा पुग्न आग्रह गरेका छन् ।
उनले एमालेका अध्यक्ष केपी ओली तथा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवासँगको कुराकानीमा यस्तो बताएका हुन् ।
सहमति निर्माणका लागि परामर्शस्वरुप एमाले अध्यक्ष केपी ओलीस“ग भेटवार्ता गरेका थिए ।
त्यसैगरी कांग्रेसका बरिष्ठ नेता देउवास“ग टेलिफोनमा कुराकानी गरेका छन् ।
शनिवार सानेपास्थित एक होटलमा एमाले अध्यक्ष ओलीस“ग भेटवार्तामा एमाओवादी उपाध्यक्ष नारायणकाजि श्रेष्ठ पनि सहभागी थिए ।
भेटवार्ता तथा टेलिफोन कुराकानीमा सभापति भट्टराईले एमाले अध्यक्ष ओलीलाई व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मंसिर १ गतेको संवाद समितिको बैठकअघि सहमतिमा पुग्नुपर्नेमा जोड दिए ।
उनले १२ बु“दे समझदारीयताका सहयात्रीहरुबीच सहमतिविना बन्ने संविधानले शान्ति प्रक्रिया पूरा नहुने, देशमा स्थायित्व नहुने र त्यस्तो संविधान स्थायी हुन नसक्ने पनि स्पष्ट पारेका थिए ।
सभापति भट्टराईले यसअघि विभिन्न पक्षहरुका बीचमा भएका सहमति र सम्झौता, विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरुहरुलाई संस्थागत गर्ने संविधान निर्माण हुनुपर्नेमा जोड दिएका थिए ।
भेटवार्तामा आइतवार द्विपक्षीय, त्रिपक्षीय विभिन्न चरणमा बैठक गम्भीर रुपमा छलफल गरेर सहमतिमा पुग्ने गरी छलफलमा केन्द्रित हुने विषयमा पनि कुराकानी भएको थियो ।
सभापति भट्टराईले आज बेलुकी ६ बजे प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालास“ग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नेछन् ।
त्यसैगरी सभापति भट्टराईले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापासग उनकै निवास मालिगाउ“मा बेलुकी ५ बजे भेटवार्ता गर्ने छन् ।