बाबुराम भट्टराईले भने ‘डाक्टर केसीको जीवन रक्षा होस्’

199
  •  
  •  
  •  

काठमाडौं, १४ चैत (ओएनएस) : एकीकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले डाक्टर गोविन्द केसीको अनशनप्रति ऐक्यवद्धता जनाएका छन् । विहान अनशनस्थल महाराजगञ्ज पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले ऐक्यवद्धता पुस्तिकामा हस्ताक्षर समेत गरेका छन् ।

उक्त पुस्तिकामा भट्टराईले डाक्टर केसीले राखेका मागहरू जायज भएको एल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘डाक्टर गोविन्द केसीले उठाउनु भएका मागहरुप्रति पूर्ण समर्थन र ऐक्यवद्धता जनाउँदै सरकारले उक्त मागहरु तुरुन्त सम्बोधन गरोस् । डाक्टर केसीको जीवन रक्षा होस् भन्ने दृढ प्रतिवद्धता तथा माग गर्दछु ।’

Baburam Samarthan DR. KC

पूर्वप्रधानमन्त्री भट्टराईले मेडिकल शिक्षा र सेवा क्षेत्रमा रहेका भयंकर विकृति विसंगतिको अन्त्य र केसीको जीवनरक्षाको निम्ति सबैले आवाज बुलन्द गर्नु पर्ने बताएका छन् ।

केसीको स्वास्थ्य अवस्था बुझेपछि उनले फेसबुकमा लेखेका छन्, ‘मेडिकल शिक्षा र सेवा क्षेत्रमा रहेका भयंकर विकृति विसंगतिहरूको अन्त्यको माग गर्दै ७ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीप्रति ऐक्यवद्धता प्रकट गर्दै वहाँको जीवनरक्षाको निम्ति सबैले आआफ्नो ठाउँबाट आवाज वुलन्द गरौं ।’

डा. भट्टराईले अनशनरत चिकित्सक डा. केसीले उठाएको माग आफ्नो सरकारका पालामा पूरा गर्न नसकेको बताएका छन् । केसीको अनशनप्रति समर्थन जनाउँदै भट्टराईले शिक्षा र स्वास्थ्यजस्तो विषयमा कुनै सम्झौता हुन नसक्ने बताए ।

भट्टराईको ऐक्यवद्धतापछि ट्विटरमा आएका केहि प्रतिक्रया :
सुवोध गौतम लेख्छन् : ‘देवदह मेडिकल कलेजको पक्षमा ज्यान फालेर लागेको सम्झेर आत्मआलोचनाका केही शब्दहरू लेखेको भए डा.सापको वाहवाही हुन्थ्यो ।’

अनिल न्यौपानेको प्रतिक्रिया यस्तो छ, ‘केयुलाई सम्बन्धन दिन दबाब दिने बाबुरामले डा. केसीको अनसनमा एक्यबद्धता जनाएछन् । बाबुरामकै कारण उपकुलपति डा. सुरेशराजले राजिनामा दिएका थिए । केसी अनसन बस्नु पर्ने कारकतत्व तपाई @brb_laldhwoj पनि होइन र ? एक पटक डा. सुरेशराजलाई स्मरण गर्नुहोस् न । अनि मनले मान्छ भने इट्स ओके ।’


  •  
  •  
  •