सिँचाइमन्त्री पुन र चिनिया राजदूतबीच भेटवार्ता

264
  •  
  •  
  •  

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र चिनिया राजदूत होउ यान्छीबीच मंगलबार भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षिय हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटका क्रममा मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकास र बजार विस्तारको लागी पहल गरिरहेको भन्दै चिनिया लगानीकर्तालाई नेपालमा लगानीको लागी पहल गरिदिन आग्रह गरेका थिए ।

सरकारले जलविद्युतको लागी भारत र बंगलादेशमा बजारको लागि पहल जारी राखेको उनले जानकारी समेत दिए ।
चिनिया लगानीकर्ता र निर्माणकम्पनीहरुले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडिको कारणबारे पनि जिज्ञासा राखेका थिए ।

जवाफमा राजदूत यान्छीले चिनिया कम्पनिले भोगेका समस्याहरुको बारेमा जानकारी दिएकी थिइन् ।
उनले त्यसबारेमा आफूले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताइन् ।

मन्त्री पुनले चिनिया कम्पनीले निर्माण गरिरहेको त्रिशुली ३ ए जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिँदै आयोजना सम्पन्न गर्नको लागी समन्वय गरिदिन आग्रह गरे ।

मन्त्री पुनले दूधकोशी जलविद्युत आयोनामा हाल विश्व बैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै उक्त आयोजना सम्पन्न गर्नको लागी थप २ खर्व अपुग भएकोले चिनिया सहयोगको लागी पहल गरिदिन आग्रह गरे ।

भेटमा चिनिया राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधिन आयोजनाहरु छिटो सम्पन्न गर्नको लागी चीनले पहल गरिरहेको जानकारी दिइन् ।


  •  
  •  
  •