चितवन, १२ भदौ (ओएनएस) : भरतपुर महानगरपालिकाका दुई विजयी वडाध्यक्षविरुद्ध विशेष अदालत पाटनमा परेको रिट खारेज भएपछि सोमबार उनीहरुले शपथ लिएका छन् ।
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडा नं ४ का वडाध्यक्ष हरिप्रसाद आचार्य र वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले उनीहरुलाई शपथ गराएका हुन् ।
निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि पुनः निर्वाचनका कारण झण्डै तीन महिना ढिला गरी अन्य पदमा विजयीले शपथ लिए पनि दुई वडाध्यक्षले शपथ लिन पाएका थिएनन् ।
यी दुवै वडामा नेकपा (एमाले)का उम्मेदवार विजयी भए पनि झिनो मतान्तरको हारमा नेपाली काँग्रेसका प्रतिद्वन्द्वीले मत गणनामा त्रुटि भएको आरोपसहित रिट दायर गरेपछि शपथ रोकिएको थियो । वडा नं ४ मा हरिप्रसाद आचार्य सात मत र वडा नं ७ मा राजेन्द्रमणि काफ्ले १४ मत अन्तरले विजयी भएका थिए । विशेष अदालतले भदौ ८ गते रिट खारेज गरेको थियो ।