भरतपुर-१९ को मतगणना सकियो : देवीकाे अग्रता कायमै

186
  •  
  •  
  •  

Renu-dahal-and-Debi-gyawali
काठमाडौं, २१ साउन (ओएनएस) : भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना सकिएको छ। याे वडाको मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार देवी ज्ञवाली २२१ मतले अगाडि छन्।

उनले ४१ हजार ९४६ मत ल्याएका छन् भने माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनकी उम्मेवार रेणु दाहालले ४१ हजार ७२५ मत पाएकी छन्।  यहाँ २ हजार ८६४ मत खसेकोमा २८ मत बदर भएको छ।
अब वडा नम्बर २० को मतगणना सुरु हुँदैछ । यो वडामा ३ हजार ३०२ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


  •  
  •  
  •