भरतपुरमा १६ सय मतगणना : देबी र रेणुबीच चार मतको अन्तर

195
  •  
  •  
  •  

bharatpur

चितवन, २१ साउन (ओएनएस) : भरतपुरमा जारी मतगणनामा एमालेका मेयरका एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादीकी उम्मेद्वार रेणु दाहालबीचको मतान्तर ४ मा झरेको छ ।

वडा नम्बर २० को १६ सय मत गणना हुँदा देवीले ४२ हजार ४१८ मत पाएका छन् भने रेणुले ४२ हजार ४१४ मत पाएकी छिन् ।

वडा नम्बर १९को गणना सुरु भएपछि लगातार घटिरहेको देवीको अग्रता ओरालो लागिरहेको छ । अब २० नम्बर वडाको करिब १७ सय मत गणना गर्न मात्रै बाँकी छ ।


  •  
  •  
  •