रेनु दाहालकाे अग्रता कायमै, ८,१५४ मतले पछि परे सुवेदी(अपडेट)

71
  •  
  •  
  •  

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रतालाई कायमै राखेकी छन् । ९५ हजार ३११ मत गणना हुँदा दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा ८,१५४ मतले अगाडि छिन् । दाहालले ३७ हजार ४६८ मत ल्याउँदा सुवेदीले २९ हजार ३१४ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार ६३९ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की हिमला गुरुङभन्दा अधिकारी १६४२७ मतले अगाडि छन् । गुरुङले २३ हजार २१२ मत ल्याइकी छन् ।


  •  
  •  
  •