भरतपुर-१९ मा तीन मतदान स्थल र ६ वटा मतदान केन्द्र

187
  •  
  •  
  •  

bharatpur-mahanag_

भरतपुर, १८ साउन (अाेएनएस) : शुक्रबार हुने पुन: मतदान हुने भरतपुर महानगरपालिका वडा नम्बर-१९ मा ३ वटा मतदानस्थल तय गरिएको छ । तीनवटा मतदानस्थल अन्तर्गत ६ वटा मतदान केन्द्र रहनेछ । जसमा जीवनज्योति राप्रावि गुञ्जनगर, शारदानगर उच्च मावि शारदानगर र किरणगञ्ज मावि रानीपोखरी रहनेछन् ।

जीवनज्योति राप्रावि केन्द्रमा १३ सय मतदाता छन् भने, शारदानगरमा १२४१ र किरणगञ्जमा १२४३ मतदाता छन् । यसअघि वडा नः १९ मा २ हजार ८६० मत खसेको थियो । वडा नः १९ मा ३ हजार ७९७ मतदाता छन् ।

पहिलाे चरणकाे निर्वाचन अन्तरगत मतगणनाकाे क्रममा मतपत्र च्यातिएपछि उत्पन्न विवाद झण्डै २ महिनापछि टुंगिएसँगै भरतपुर महानगरपालिका वडा नः १९ मा साउन २० गते शुक्रबार पुनः मतदान हुँदैछ ।

चुनाव प्रचारको समय नै उपलब्ध नहुने गरी निर्वाचनको मिति घोषणा भएसँगै दलहरु निर्वाचनको आन्तरीक तयारीमा जुटेका छन् ।


  •  
  •  
  •