भरतपुर अपडेट : रेणुले ७५ मा झारिन् मतान्तर

266
  •  
  •  
  •  

Renu-dahal-and-Debi-gyawali
चितवन, २१ साउन (ओएनएस) : भरतपुर महागरनमा जारी मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीको अग्रता क्रमशः घट्दो क्रममा छ ।

पछिल्लो मतपरिणाम वडा नम्बर २० को १२ सय मतगणना हुँदा देवी प्रतिद्वन्द्वी माओबादी कांग्रेस गठबन्धनकी रेणु दाहाल भन्दा ७५ मतल अगाडि छन् ।

देवी ज्ञवालीले ४२ हजार ३०८ मत प्राप्त गरेका छन् भने रेणुले ४२ हजार २३३ मत प्राप्त गरेकी छन् । वडा नम्बर १९को गणना सुरु भएपछि लगातार घटिरहेको देवीको अग्रता ओरालो लागिरहेको छ । अब २० नम्बर वडाको २ हजार १०१ मत गणना गर्न बाँकी छ ।


  •  
  •  
  •