‘बहुपचिान होइन साझापहिचान’

379
  •  
  •  
  •  

काठमाडौं, २१ असार (ओएनएस) । नेकपा एमालेको राजधानीम जारी महाधिवेशनमा नेता भरतमोहन अधिकारीले फरक मत दर्ता गराएका छन् । अधिकारीले राजनीतिक र सांगठनिक प्रतिवेदनमा असहमति जनाउँदै फरकमत दर्ता गराए पनि बन्दसत्रमा प्रस्तुत भने गरिसकेका छनैन् । प्रतिनिधिहरुलाई उनको दस्तावेज वितरण गरिएको छ ।
फरक मतमा अधिकारीले पार्टीमा दुईजना वरिष्ठ नेताको वैधानिक व्यवस्था हुनुपर्ने, प्रस्तावित उपमहासचिव पद राख्न नहुने र कोषध्यक्षको व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् ।

अधिकारीले राजनीतिक प्रस्तावप्रति फरकमत राख्दै एमालेले लिँदै आएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अडान छोड्नु पर्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री संसदबाटै निर्वाचित हुनु पर्नेमा उनको जोड छ । एमालेले प्रत्यक्ष प्रधानमन्त्रीको पक्षमा आफूलाई उभ्याउँदै आएका छ ।

देशमा ७ वटासम्म मात्रै राज्य हुनुपर्ने र तिनको नामांकन बहुपहिचानको आधारमा नभई साझा पहिचानको आधारमा हुनुपर्ने पनि अधिकारीको मत छ । राज्यको पुनर्संरचना गर्दा उत्तर–दक्षिण बनाउनु पर्ने तथा राज्य र त्यसभन्दा तल्ला निकायमा समानुपातिक निर्वाचन प्रणाल अपनाउन नहुने अधिकारीको प्रस्ताव छ ।


  •  
  •  
  •