पूर्वयुवराज पारससँगकाे भेटपछि भरतमणिले भने,‘उहाँ साह्रै रमाइलो साथी जस्तै हुनुहुँदो रहेछ’

142
  •  
  •  
  •  

काठमाडौं । कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन्।
पौडेलले केही दिनअघि भेटघाट भएपनि मंगलबार बिहान मात्र तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले पूर्वयुवराज शाह निकै रमाइलो
पौडेलले पारससँग शुक्रबार अपराह्न ५ बजेतिर शेर्पा मलस्थित ओपनियन रेस्टुरेन्टमा भेट भएको जानकारी दिए । उनी पूर्वयुवराज पारस शाहकै क्यारिकेचर गरेर कमेडी च्याम्पियनमा चर्चित बनेका थिए। जसलाई धेरैले मन पराएका थिए।

पूर्वयुवराज पारसले भेट्नेवित्तिकै आफूलाई फन्नी फन्नी भनेको बताए। ‘साँझ ५ बजेदेखि एक घन्टा बस्यौं, उहाँले मेरो भिडियो हेर्नु भएको रहेछ, एकदम रमाइलो लाग्यो भन्नुभयो। अनि आफ्नै स्टाइलमा उत्साह दिँदै भन्नुभयो– फन्नी फन्नी किप इन टच । मलाई त एकदम मन पर्यो, उहाँको सादगी जीवन देखेर। मानौं, वर्षौंदेखि उहाँको र मेरो चिनजान छ झैं लाग्यो । दले दाइ (सुमन कोइराला) र म यताबाट थियौं भने उहाँ र मुनेन्द्र दाइ हुनुहुन्थ्यो। खाजा सँगै खाइयो । जे होस् त्यो भेट मेरा लागि ऐतिहासिक र रमाइलो थियो,’ भरतमणिले भने।


  •  
  •  
  •