भारतीय विदेश सचिव गोख्ले नेपाल आउँदै

370
  •  
  •  
  •  

काठमाडौं, १३ चैत(ओएनएस) : भारतका विदेश सचिव विजय गोख्ले बिहीबार काठमाडौं आउने भएका छन् ।
आफ्ना नेपाली समकक्षी शंकरदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न उनी नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

करीब १५ महिनाअघि विदेश सचिवमा नियुक्त गोख्लेको यो पहिलो औपचारिक भ्रमण हो । भारतको विदेश सचिवमा नियुक्त भएपछि पारस्परिक विषयमा छलफल गर्न नयाँ दिल्लीबाट उच्च कूटनीतिक अधिकारीले नेपाल भ्रमण गर्ने परम्परा छ । दुई सचिवको नेतृत्वमा बिहीबार नै द्विपक्षीय वार्ता हुनेछ ।


  •  
  •  
  •