दुई भारतीय जेल चलान

355
  •  
  •  
  •  

काठमाडाै १४ मंसिर : एक महिना अघि कमलादीको डान्सबारमा गोली हान्ने दुई भारतीय नागरिक जेल चलान भएका छन् । जेल चलान हुनेमा जसवीर सिंह र हरदेवेन्द्र सिंह रहेका छन् ।

हातहतियार र ज्यान मार्ने मुद्धामा काठमाडौं जिल्ला अदातलतले बिहिवार उनीहरुलाई जेल चलानको आदेश दिएको हो ।
उनीहरुले कमलादीको हेरिटेज प्लाजामा रहेको ज्याक डेनियसल्स रेस्टो वि डान्सबारमा विलको रकम धेरै भएको भन्दै गोली चलाएका थिए ।

गोली हानेर भाग्ने क्रममा प्रहरीले पेस्तोल र २१ राउण्ड गोलीसहित गत कात्तिक १५ गते उनीहरुलाई पक्राउ गरेको थियो ।
उनीहरु पिबी १० एफएस ७४४९ नम्बरको भारतीय कारमा सुनौलो नाका हुदै नेपाल आएका थिए् ।


  •  
  •  
  •