भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोली हानाहान

366
  •  
  •  
  •  

army

काश्मिर, १ भदौ (एजेन्सी) : भारत र पाकिस्तानको सीमा क्षेत्रमा दुवै देशका सेनाबीच गोली हानाहान भएको भएको छ । 

दुवै देशका सैनिकबीच गोली हानाहान भएपनि क्षति भने दुवै तर्फ नभएको भारती सञ्चार माध्यमहरुले जनाएका छन् । काश्मिरको लाइन अफ कन्ट्रोलको मान्दर क्षेत्रमा यस्तो गोली हानाहान भएको थियो । उक्त क्षेत्र श्रीनगरबाट करिब १८५ किलोमीटर टाढा पर्दछ ।

सो क्षेत्रमा बुधबार बिहान सबेरै करिब ५ः३० बजेबाट यस्तो गोली हानाहान शुरु भएको थियो । दुवै देशका सेनाको तर्फबाट एकले अर्कोलाई ताकेरै गोली हानेको प्राप्त समाचारमा जनाइएको छ ।

यसरी गोली हानाहानको स्थिति अपराह्न करिब १ बजेसम्म नै जारी रहेको थियो । गत हप्ता पनि सोही क्षेत्रमा यसैगरी गोली हानाहान भएको थियो । त्यसमा परेर एकजना भारतीय सैनिक र एक सर्वसाधारण महिलाको ज्यान गएको थियो ।

ती भारतीय अधिकारीका अनुसार भारत प्रशासित सो क्षेत्रमा यस वर्ष कम्तीमा पनि ३०० वटा यस्तै गोली हानाहानका घटना भएका छन् । तिनमा परेर केही सर्वसाधारण नागरिकका साथै सैनिकको पनि ज्यान गएको छ । यस्ता दोहोरो फायरिङ गर्नेमा भारत र पाकिस्तानले एकले अर्को देशलाई दोषारोपण गर्ने गरेका छन् ।


  •  
  •  
  •