परराष्ट्र सचिवमा भरतराज पौड्याल नियुक्त

147
  •  
  •  
  •  

काठमाडौं । परराष्ट्र सचिवमा भरतराज पौड्याल नियुक्त भएका छन् । पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछि वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए ।

सरकारले वैरागीलाई मुख्य–सचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौड्याललाई नियुक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वरिष्ठतालाई नै कायम राखेर पौड्याललाई जिम्मेवारी दिइएको हो । यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसकेका पौड्याल परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा काम गरिसकेका छन् ।


  •  
  •  
  •