कोठामै थन्कियो बेजोड प्रतिभा

178
  •  
  •  
  •  

विराटनगर, ३ चैत (ओएनएस) :  हातमा जति नै सीप र कला भएपनि आर्थिक अभाव भएमा बाहिर आउन सक्दैन । आर्थिक अभाव भएका चित्रकार भरत डंगोल यसको एक उदाहरण हुन् । आफुले बनाएका चित्रहरु सार्वजनिक रुपमा प्रदर्शन गर्ने उनको एउटै धोको छ । तर, आर्थिक अभाव भएका कारण उनी आफना प्रतिभाहरुलाई एउटै कोठामा सिमित पारेर राखेका छन् । नारी जीवन र प्रकृती सम्बन्धी कल्पना गरेर डंगोलले कोरका चित्रहरु प्रर्दशन गर्ने अवसर र स्थाननपाउदा एउटा कोठामा खुम्चिएको हो ।

 विराटनगर जनपथ टोलमा डेरागरी बस्दै आएका उनी विराटनगरमा आफैले बनाएका एक सय ८ चित्रहरु प्रर्दशनी गर्न चाहान्छन् । उनले प्रर्दशनीकालागि सहयोग हातहरु खोज्दै एक बर्ष भौतारिए । तर कतैबाट सहयोग जुटेन् । हाल एक सय १३ बटा भन्दाबढी चित्रहरु कोरी सके । चित्र प्रर्दशनी गर्दा लाग्ने रकम नभएका उनले सहयोगी हातहरु खाजेको एकबर्ष भयो । तर कसैले उनको कला र क्षमतालाई बाहिर ल्याउन सहयोग गरेन् । उनले भने ‘ सहयोगी खोज्दै धेरै ठाँउ गए तर, अझै भेटेको छैन ।’

P1310331उनी आफुले प्रकृती र नारी प्रेम समन्धिका एक सय ८ चित्रहरु प्रर्दशनी गर्ने योजना रहेको बताए । उनले भने ‘ चित्र कोरेर राखेको छु । ए कसय ८ चित्र प्रर्दशनी गर्ने लक्ष्य छ । मन छ तर आफुस“ग पैसा छैन ।’ चित्र प्रर्दशनीबाट संकलन गरिएको रकमले समाजिक सेवामा खर्च गर्ने उनको लक्ष्य छ । उनले थपे ‘आयोजक भेटिए एउटा शर्तमा प्रर्दशनी गर्छु । मेरो चित्र प्रर्दशनीबाट संकलन भएको रकम समाज सेवामा खर्च गर्ने ।’

एकसय ८ एकल चित्र प्रर्दशनी गर्नेका लागि भन्दै नारी जीवन र प्रकृती प्रेम समन्धीका चित्रहरु तयारी अवस्थामा राखेका छन् । उनले भने ‘ आयोजक खोज्दै धेरै तिर भौतारिए , आश्वासन सबैबाट पाए तर सहयोग पाइएन ।’ पाँच बर्ष अघिदेखि क्यानभास चित्र बनाउन सुरु गरेका उनी प्रर्दशनी गर्न अवसर नपाउँदा पछि परेका छन् । हेडिङ बोर्ड र ब्यानर आर्ट गर्दै आएका डंगोल फ्रलेस पिन्टले गर्दा चित्रकला तर्फ लागेका हुन् । पाँच बर्ष यता उनले बनाएका चित्रहरु एउटै कोठमा राखेका छन् । उनले भने ‘अवसर पाए प्रर्दशन गर्छु । ’

कक्षा ८ सम्ममात्र अध्ययन गरेका उनले सानैदेखि चित्र बनाउन रुचाउथे । पढाइमा कमजोर शिक्षक मोहन ठाकुरको प्रेरणाले चित्रबनाउन लागी परेको बताउँछन् । कागजमा चित्र बनाउँदै आएका उनलाई ब्रसले पेण्टिङ गर्न भने चुलाचुली आर्टबाट सिकेका हुन ।

एउटा क्यानभास चित्र बनाउदा एक हजार दुई सयदेखि एक हजार सात सयसम्म खर्च लाग्ने उनी बताउँछन् । डिके आर्ट सञ्चालन गर्दै आएका उनले भने ‘चित्र बनाउने पैसा आफै कमाँउछु । श्रीमतीले कमाएकोले घर खर्च चलाउछु । ’ २०६७ सालमा विराटनगरमा आयोजित चित्रकला प्रर्दशनीमा उनको चित्रमा तत्कालिन प्रधानमन्धी माधवकुमार नेपालले हस्ताक्षर गरेका थिए ।P1310335


  •  
  •  
  •