सांसदहरु बहुराष्ट्रिय कम्पनिका एजेन्ट बन्दैछन् ?

514
  •  
  •  
  •  

भरत दाहाल — सांसदलाई ५ करोडको मुद्दाका बारेमा अझै ठिक ढंगले बहस हुन सकेको छैन। यसलाई दलहरुको भ्रष्टाचारी प्रवृतिको परिणाम मात्र ठान्नुहुँदैन। मूल रुपमा यो दृष्य कमजोर देशहरुलाई बहुराष्ट्रिय कम्पनीहरु, जो समकालिन विश्वमा अधिराष्ट्रिय शक्ति अर्थात राष्ट्रभन्दा माथिका शक्तिका रुपमा परिचित छन्,को मातहतमा सञ्चालन गर्ने साम्राज्यवादी योजनाको एउटा हिस्सा हो।

[box type=”shadow” align=”aligncenter” width=”90%” ]

bharat
भरत दाहाल

हाम्रै देशको पनि अनéव छ कि कसरी विश्वबैंक, अन्तर्राष्ट्रिय व्यापार संगठन, मुद्राबोष, अन्तर्राष्ट्रिय श्रम संगठन लगायतका बहुराष्ट्रिय कम्पनीहरुले भएको आर्थिक–सामाजिक संरचनालाई छिन्नभिन्न पारेर आफ्नो रणनीतिको मातहतमा लैजान सफल भए रु ऋण सहयोगका लागि तिनीहरुले संरचनागत समायोजनका नाममा सर्तहरु लादेर आर्थिक–सामाजिक एवं साँस्कृतिक संरचनालाई खल्बल्याईसकेपछि शासन प्रणालिको अधिराष्ट्रियकरण गर्न सुरु गरेका छन्।

राज्यलाई जनताप्रतिको उत्तरदायीत्वबाट अलग गरेर यसलाई बहुराष्ट्रिय कम्पनीहरुको स्वार्थको समन्वय गर्ने संस्थाका रुपमा सिमित गर्नु यसको मूख्य उद्देश्य हो। यसका लागि तिनीहरुले आम मानिसहरुको दैनिक जीवन प्रणालिको निजीकरण गर्दछन्। शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात, विद्युत, खानेपानी जस्ता राज्यको जरुरी दायीत्वभित्र पर्ने विषयको नीजिकरण गराएर बहुराष्ट्रिय कम्पनीहरुले आफ्ना एजेन्टहरु तयार पारेर यी सबै क्षेत्रमा आफ्नो लगानी सुदृढ गर्दछन्।

 

 

[/box]

५ करोडको कुरा यहि योजनासंग जोडिएको छ। यसका पछाडि जनताको करमाथि लुट मचाउने कुत्सीत मनशाय त छ नै तर यो भन्दा ठूलो षडयन्त्र के हो भने विकास निर्माका कामहरु साँसदहरुको स्वविवेकको मातहतमा गएपछि उक्त रकमको लगानी त्यो क्षेत्रमा मात्र हुनेछ, जो विदेशि मालको बजार सúमतासंग जोडिएको छ। विदेशीहरुको बजारलाई सुदृढ गर्नकाल लागि कुनकुन क्षेत्रमा लगानी गर्ने भन्ने कुरा यसको चुरो सरोकारको विषय हो। यसैका लागि चुनाजवी प्रकृयालाई तिब्र रुपमा माफियाकरण गरेर सर्वसाधारण जनताको पहुँचबाट बाहिर लगिंदैछ र यसलाई अत्यधिक खर्चिलो बनाईंदैछ।

गएको चुनावमा सबैजसो दलमा पैसा भुक्तानि गर्नसक्ने तस्करहरुले टीकट पाएर सांसद बन्न सफल भएको घटनाहरु हामीले भोगिसकेका छौं। यीनै तस्करहरु बहुराष्ट्रिय कम्पनीका एजेन्टहरु हुन्छन् र तिनीहरुले नै नीति निर्माणमा बहुराष्ट्रिय कम्पनीहरुका लागि काम गर्दछन्। अहिले बाहिरका तस्करहरु मात्र होइन, प्रत्येक दलहरुको मूख्य जिम्मेवारीमा यस्ता एजेन्टहरुको नियुक्ति भैसकेको छ। नेता र साँसदहरु अनुत्तरदायी बन्दै जानुको कारण दलालले गर्नुपर्ने दायीत्वको निर्वाहले काम गरिरहेको छ।

राजनीतिक विश्लेषक भरत दाहालको फेसबुक स्ट्याटसबाट


  •  
  •  
  •