लोकसभा चुनावका लागि कांग्रेसले जारी गर्‍याे घोषणापत्र

386
  •  
  •  
  •  

दिल्ली । मुख्य विपक्षी दल कांग्रेसले आगामी अप्रिल महिनामा हुने लोकसभा चुनावको लागि मंगलबार घोषणापत्र जारी गरेको छ ।

‘हम निभाएंगे’ शीर्षकको घोषणापत्र जारी गरिएको हो ।  कांग्रेसका अध्यक्ष राहुल गान्धीले घोषणापत्रमा कुनै झुठो आश्वासन नसमेटिएको बताएका छन् ।

घोषणा पत्रमा भनिएको छ, ‘देशका अति गरिब परिवारको खातमा हरेक वर्ष ७२ हजार र पाँच वर्षमा ३ लाख ६० हजार जम्मा हुनेछ ।’

यस्तै उक्त घोषणा पत्रमा सन् २०२० सम्म भारतमा खाली सरकारी पदलाई पुर्ति गर्ने बताइएको छ । भारतमा हाल २२ लाख सरकारी पद खाली छ ।

यस्तै सो घोषणापत्रमा ग्रामीण युवालाई रोजगार दिने उल्लेख छ । युवाले व्यापार गर्न चाहेको खण्डमा कुनै मन्जुरी लिन नपर्ने आवश्यकता अनुसार बैंकबाट ऋण लिनसक्ने घोषणापत्रमा बताइएको छ ।  किसानले ऋण तिर्न नसके किसानलाई आपराधिक मुद्धा नलगाउने बताइएको छ ।
एजेन्सी


  •  
  •  
  •