समाजवादी पार्टी र भारतीय विदेशमन्त्रीबीच भेट

258
  •  
  •  
  •  

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले बिहीबार समाजवादी पार्टी नेपालका नेताहरुसँग भेटवार्ता गरेका छन् । उनले उपप्रधानमन्त्री तथा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका हुन् ।

डा. भट्टराईले ट्विटरमार्फत भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाएका छन् ।  ‘भारतको वर्तमान सरकारले नेपालसँग कनेक्टिभिटी र आर्थिक साझेदारी विस्तार गर्न इच्छुक रहेको जानकारी पाउँदा खुशी लागेको छ’ भट्टराईले भनेका छन् ।

बुधबार नेपाल भ्रमणमा आएका जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको थिए । यस्तै उनले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए ।


  •  
  •  
  •