भारतद्वारा नेपाललाई सवा तीन अर्वको चेक हस्तान्तरण

331
  •  
  •  
  •  

काठमाडौं । भारतले नेपाललाई सवा तीन अर्वको चेक हस्तान्तरण गरेको छ ।  विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणको अवसर पारेर भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निमाण प्राधिकरणका कार्यकारी प्रमुख सुशिल ज्ञवालीलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।

भारतीय विदेश मन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा चेक हस्तान्तरण गरिएको हो ।
भूकम्पपछि क्षतिग्रस्त संरचना पुनर्निमाण गर्न र हुलाकी मार्ग निर्माणका लागि भारतले तीन अर्व २६ करोड ६५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार र हुलाकी राजमार्ग निर्माण गर्न ८० करोड ७० लाख ७७ हजार रुपैयाँ दिइएको छ । यी दुवै रकम भारतले यसअघि नै प्रतिबद्धता जनाएको रकम हो ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बुधबार नेपाल आएका हुन् ।
जयशंकरले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।  बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ ।

बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षा लगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


  •  
  •  
  •