पर्यटनमन्त्री ढकाललाई कोरोना सङ्क्रमण

48
  •  
  •  
  •  

 


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनीसँगै उहाँकी श्रीमती इन्दिरा फुयाँललाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्री ढकालले सामाजिक सञ्जालमार्फत आफू र श्रीमतीलाई कोरोना भाइरसको सङ्क्रमण भएको जानकारी दिएका छन् । आफूहरू ललितपुरको पुल्चोकमा रहेको क्वार्टरमा आइसोलेशनमा बसेको पनि उनले बताएका छन् ।
आफूहरूको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै मन्त्री ढकालले आफूहरूसँग सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

 


  •  
  •  
  •