वामदेवको ठाडो प्रस्तावमा भरत सुवेदी अर्थ मन्त्रालयमा

866
  •  
  •  
  •  

भूवन क्षेत्री

काठमाडौं २३ असार (ओएनएस) –  प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारमा गएको मौका छोपी कार्यबहाक प्रधानमन्त्री वामदेव गौतमले एकजना ‘विबादास्पद छवी’ भएका सहसचिवको सरुवा गरेका छन् ।

अष्ट्रेलियाको पिआर होल्डर सहसचिव भरत सुवेदीलाइ कार्यबहाक प्रधानमन्त्री वामदेव गौतमको ठाडो आदेशमा अर्थ मन्त्रालयको आकर्षक स्थानमा सरुवा गरिएको हो । विबादास्पद छवी रहेको भन्दै सामान्य प्रशासन  मन्त्री लालबावु पण्डितले सुवेदीलाई जगेडामा पठाएका थिए ।

सुवेदीलाई आकर्षक स्थानमा सरुवा गरिएको भन्दै नेकपा एमाले समर्थित कर्मचारीहरुले कार्यबहाक प्रधानमन्त्री गौतमलाई महाधिवेश स्थलमा घेरेका थिए । सुवेदीको सरुवाको बिषयलाई लिएर मन्त्रीपरिषद बैठकमा समेत विबाद भएको स्रोतको दावी छ ।

म क्याविनेटमा उपस्थित नभएको बेला यो निणर्य भयो, कर्मचारीको सरुवाका विषयमा कुनै पनि निणर्य क्याविनेटमा लगिएको थिएन कुन विधि र प्रक्रियाले सरुवा भयो वामदेवजीलाई सोध्नुहोला ।

सामान्य प्रशासन मन्त्री पण्डितimages

अष्ट्रेलियाको पिआर होल्डर सहसचिव भरत सुवेदीलाई राजश्व प्रमुख बनाउने विषयमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र अर्थमन्त्री डा. रामशरण महतविच जुहारी चलेको थियो ।  अर्थमन्त्री रहेका महत भने भरत शुवेदीलाई राजश्वको प्रमुख बनाई छाड्ने योजनामा थिए । महतको योजनामा प्रधानमन्त्री कोइराला समेत बाधक बनेका थिए । प्रधानमन्त्री नभएको मौकामा अर्थमन्त्री महतले कार्यवाहक प्रधानमन्त्री मार्फत निर्णय गराएका हुन् ।

सामान्य प्रशानमन्त्री पंडितले आफु मन्त्रीपरिषद् बैठकमा  सहभागि नभएको मौका पारेर निणर्य गरेको बताए । उनले विधि प्रक्रियाको समेत उल्लंघन गरेको ओएनएस न्यूजलाई बताए । ‘म क्याविनेटमा उपस्थित नभएको बेला यो निणर्य भयो’ मन्त्री पण्डितले भने ‘कर्मचारीको सरुवाका विषयमा कुनैपनि निणर्य क्याविनेटमा लगिएको थिएन कुन विधि र प्रक्रियाले सरुवा भयो वामदेवजीलाई सोध्नुहोला । ‘

 एमाले भित्र बिवाद

कार्यवाहक प्रधानमन्त्री गौतमको निणर्यले एमालेभित्र पनि विवाद सुरु भएको छ । आफ्नै विभागीय मन्त्रीले रोकेको निणर्य गौतमले ठाडो आदेशमा उल्टाएको भन्दै एमालेभित्र विवाद सुरु भएको छ । एमाले निकट, नेपाल निजामती कर्मचारी संगठनका ले निणर्य फिर्ता नगरे आन्दोलन गर्ने चेचतानी दिएको छ । निजामति कर्मचारी संगठनका पदाधिकारीले एमाले महाधिवेसन स्थलमा कार्यवाहक प्रधानमन्त्री गौतमलाई भेटी निणर्य फिर्ता लिन दवाव दिएका छन् । एमाले निकट कर्मचारिहरुको संगठन नेपाल निजामती कर्मचारी संगठनका महासचिवको नेतृत्वमा कार्यवहाक प्रधानमन्त्री गौतमलाई महाधिबेश स्थलमा घेराउँ गर्दै तत्काल निर्णय नसँच्याए आफुहरुले महाधिबेशन स्थलमै निर्णय बिरुद्ध पर्चा बितरण गर्ने बताए । उनीहरुले निर्णय संच्याउन दिएको निवेदन महाधिबेशन संचालन भै रहेको बेलामा अध्यक्ष मण्डललाई दिइएको थियो ।

जुनसुकै कर्मचारीको सरुवा, बढुवा र पदस्थापनका लागि सामान्य प्रशासन मन्त्रालयको स्विकृती चाहिन्छ ।

उपसचिवबाट केही महिना अगाडि मात्रै बढुवा भएका सुवेदीको सम्पूर्ण परिवार अष्ट्रेलियामै स्थायी बसोबस गर्छन् भने उनी पनि बिदाको समयमा उतै जाने गर्छन् । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नातेदार बताउने सुवेदीले कार्की नियुक्त हुने बित्तिकै उनीसँगको अनौपचारिक फोटो फेसबुकमा राखेपछि विवादमा तानिएका थिए ।


  •  
  •  
  •