नवनिर्वाचित राष्ट्रपति भण्डारीको सपथ ग्रहण आज

142
  •  
  •  
  •  

vidhya bhandari become president (5)काठमाडौँ, १२ कात्तिक(ओएनएस) : नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको सपथ ग्रहण कार्यक्रम बिहिबार अपरान्ह ३ बजे हुने भएको छ । राष्ट्रपतिको रूपमा विद्या देवी भण्डारीको सपथ ग्रहणपछि अपरान्ह ५ बजे निवर्तमान बनेका राष्ट्रपति डा. रामवरण यादवको बिदाई गरिनेछ ।

बुधबार भएको निर्वाचनमा भण्डारी नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । उनी नेपालको पहिलो महिला राष्ट्रपति समेत बनेकी छिन् ।

बुधबार भएको राष्ट्रपति पदको मतदानमा भण्डारीले आफ्नो प्रतिष्पर्धी नेपाली कांग्रेसका कुलबहादुर गुरूङलाई पराजित गर्दै नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित भएकी हुन् ।


  •  
  •  
  •