राष्ट्रपति भण्डारीद्वारा पार्टी तथा संसद परित्याग

174
  •  
  •  
  •  

vidhya bhandari become president (7)काठमाडौँ, १२ कात्तिक(ओएनएस) : नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको उपाध्यक्ष पद सहित संसद सदस्यता र पार्टी सदस्यता परित्याग गरेकी छन् ।

भण्डारीले बिहीबार सपथको पूर्वसंध्यामा प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पदको गरिमा उच्च राख्न र संविधान प्रदत्त पदीय दायित्व निष्पक्षतापूर्वक निर्वाह गर्न बुधबारबाटै विगतका आफ्ना तमाम पद र जिम्मेवारीबाट अलग भएको जनाएकी छिन् ।

राष्ट्रपति पदमा पुर्‍याउन एमाले नेतृत्व,एमाले कार्यकर्ता र अन्य दल तथा जनताबाट प्राप्त सहयोगप्रति भण्डारीले कृतज्ञता ज्ञापन गरेकी छन् ।


  •  
  •  
  •