उत्तेजित शैलीमा उत्रिए बन्दकर्ता, भक्तपुरमा सञ्चारकर्मीमाथि आक्रमण

150
  •  
  •  
  •  

भक्तपुर, २९ पुस (ओएनएस) : : आन्दोलनमा उत्रिएका ३० दलीय मार्चाले भक्तपुरमा सञ्चारकर्मीमाथि आक्रमण गरेका छन् । निकै अराजक र उत्तेजित शैलीमा उत्रिएका आन्दोलनकर्ताले रफत सञ्चार क्लवका अध्यक्ष एवं सगरमाथा टेलिभिजनमा कार्यरत सुशिलबन्धु थापामाथि आक्रमण गरेका हुन् ।

घरबाट रिपोटिङको क्रममा निक्लिएका थापालाई भक्तपुरको जगातीमा बिहान साढे ९ बजे आक्रमण भएको हो । रिपोटिङ्गको क्रममा बा ३४ प ९३९३ नम्बरको मोटरसाइकलमा सवार रहेका थापालाई बन्दकर्ताले मोटरसाइकल पल्टाएर लछारपछार गर्दै आक्रमण गरेका थिए ।

त्यसपछि बन्दकर्तामा उत्रिएका स्थानीय राजनीतिकि दलका प्रतिनिधिले पत्रकार आक्रमण नगरौ भन्दै रोकेका थिए । हाम्रै समाचार सम्प्रेषणका लागि आएको भन्दै उनीहरुले उत्तेजित हुललाई रोकेका थिए । आक्रमणमा परेका थापाको अवस्था सामान्य रहेको छ ।

त्यस्तै, पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ भक्तपुरले घोर भत्र्सना गरेको छ । आन्दोलकारीलाई सञ्चारकर्मीमाथि रिपोटिङ गर्ने वातावरण सिर्जना गर्न र अराजक तथा उत्तेजित समुहलाई नियन्त्रणमा लिन माग गर्दै नभए बन्दको विरोधमा आन्दोलनमा उत्रने चेतावनी समेत उसले दिएको छ ।

उसले एक प्रेस बिज्ञप्ति जारी गर्दै पत्रकारमाथि आक्रमणको निन्दा गरेको हो । महासंघ अध्यक्ष अमर भुजुद्धारा जारी बिज्ञप्तिमा आन्दोलनको नाममा यस्तो गलत गतिविधि रोक्न मागसमेत गरिएको छ ।
त्यस्तै नेकपा–माओवादी भक्तपुरका इन्चार्ज देबेन्द्र श्रेष्ठले पत्रकार माथि भएको आक्रमणको निन्दा गर्दै सञ्चारकर्मी माथी आक्रमण गर्ने आफूहरुको उद्देश्य नभएको बताए ।


  •  
  •  
  •