झन्डै ९ गुणा बढी मत ल्याएर भक्तपुरको मेयरमा नेमकिपाका प्रजापति विजयी

381
  •  
  •  
  •  

काठमाडौं । भक्तपुर नगरपालिकाको मेयरमा झन्डै ९ गुणा मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुनिल प्रजापति विजयी भएका छन् ।

अन्तिम मत परिणाम अनुसार सुनिलले २९ हजार २ सय मत पाउँदा उनका निकतटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका राम प्रसाद कासुलाले ३३५२ मत मात्र प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९६९५ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम् प्रतिष्पर्धी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४ मत पाएकी छन् ।

उनीहरु दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । भक्तपुरमा नेमकिपाले आफ्नो प्रभावलाई कायम राख्दै मेयर, उपमेयरसहित सबै वडामा प्यानलै जितेको हो ।


  •  
  •  
  •