भैँसीले पायो दुईटाउके पाडो

702
  •  
  •  
  •  

vaisiko-padoकाठमाडौं १८ कात्तिक ।
लमजुङको गाउँसहरमा एउटा भैँसीले दुईवटा टाउको भएको पाडो पाएको छ । बेसीसहर नगरपालिका–६ बसौलागाउँमा किसान मेघनाथ बसौलाले पालेको भैँसीले दुईटाउके पाडो पाएको हो ।

पशुचिकित्सकको सहायतामा पाडो निकालिएको हो । २५ कात्तिकमा बियाउने दिन रहे पनि व्यथा लागेपछि पशु स्वास्थ्य प्राविधिकलाई बोलाइएको थियो । भैँसीलाई प्रसवव्यथा लागेको थाहा पाएर स्थानीय बाबुकाजी बसौला र यमप्रसाद बसौलाले छाम्दा दुईवटा टाउको भेट्टाएपछि पशु स्वास्थ्य प्राविधिकलाई बोलाइएको थियो । जिल्ला पशु सेवा कार्यालयका पशु स्वास्थ्य प्राविधिक हरिबहादुर धितालले सफलतापूर्वक पाडो निकालेको स्थानीयले बताएका छन् ।

धितालले आफ्नो जागिरको अनुभवमा यस्ता दुईवटा टाउका भएको पाडो लमजुङमा पहिलोपटक जन्मिएको देखेको बताए । केही वर्षअघि लमजुङमै टाउकोमा अर्को टाउको भएको पाडो जन्मिएको थियो । यसपटक भने घाँटीबाटै छुट्टिएर दुईवटा टाउका छन् । पाडाका चारवटा खुट्टा र दुइटा पुच्छर थिए । जन्मँदा नै पाडो मरे पनि माउको स्वास्थ्य भने राम्रो रहेको पशु प्राविधिक धितालले बताए ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •