भैरहवा विशेष आर्थिक क्षेत्र सञ्चालनको प्रक्रियामा

256
  •  
  •  
  •  

काठमाडौं, २५ पुस (ओएनएस)  : भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग सञ्चालनका लागि प्रक्रिया अगाडी बढेको छ । लामो समयको पर्खाइपछि भैरहवामा निमार्ण भएको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनको तयारीमा पुगेको हो ।

उद्योग मन्त्रालयले विहिवार सूचना प्रकाशित गरेर भैरहवा सेजमा उद्योग सञ्चालनका लागि विदेशी तथा स्वदेशी लागानीकर्तालाई आशयपत्रको आह्वान गरेको छ । यसबाट भैरहवा सेजमा लगानीका लागि स्वदेशी, विदेशी तथा नीजिलगानीकर्ता उत्साहीत देखिएका छन् ।

‘सेजको उद्घाटन पश्चात सञ्चालन गर्ने कुरा आफैमा चुनौती थियो । ती चुनौतिका चरण्ँहरु हामीले लगभग पार गरेका छौं । अब चुनौति र आशंका दुबै समाप्त भएका छन् । ’उद्योगमन्त्री महेश बस्नेतले भने ।

उनले भैरहवा सेज सञ्चालनमा सेज ऐनले बाधा नपार्ने र आशयपत्रको प्रक्रिया पुरा हुँदासम्म ऐनले पूर्णता पाउने विश्वास व्यक्त गरे । सेजका निमित्त प्रमुख सरोजकुमार वैद्यले एक महिनाको समय सिमा तोकिएको आशयपत्रका लागि सूचना प्रकाशित गरेको उल्लेख गदैं आशयपत्र संकलन पश्चात् न्यूनतम पाँच महिना भित्रमा भैरहवा सेजमा उद्योग सञ्चालनको प्रक्रिया शुरु हुने दाबी गरे ।

भैरहवा सेजसँग कुल ५२ विघा जग्गा रहेको, २५ विघामा ६९ प्लटमा उद्योग सञ्चालनका लागि अत्याधुनिक सुविधायुक्त पूर्वाधार निर्माणको काम सम्पन्न भएको छ । उद्योग सञ्चालनको आशयपत्र र कार्यविधि उद्योग मन्त्रालय र सेजको वेवसाइटमा राखिसकेको छ ।

नेपाल सरकारले देशभित्र निर्यातमूखी उद्योग सञ्चालनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रि लगानी भित्रयाउने अवधारणा अन्तरगत सेजको अवधारणा ल्याएको हो ।

भैरहवा सेज सञ्चालनको आशयपत्रमा मुख्य उद्देश्य अन्तरगत विदेशी लगानी बृद्धि गर्नु, निर्यातलाई प्रर्बद्धन गर्नु, प्रविधि हस्तान्तरणलाई प्रबद्र्धन गर्नु र रोजगारीको अवसर सिर्जना गर्नु रहेका छन् ।

भैरहवा सेजमा खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोशाक, गलैँचा तथा ऊनी सामान, पश्मिना तथा रेशम, हाते कागज, धातु उद्योग, खेलकुद, गहना तथा बहुमुल्य पत्थर, प्लास्टिक समानको उत्पादन, सिलाईबुनाईका उत्पादन, इलेक्टिकल तथा इलेक्ट्रोनिक्स पाटपुर्जा, सूचना प्रविधि उद्योग र पेय पदार्थ उद्योग लगायतका उद्योग सञ्चाल हुनेछन् ।

यस अघि सरकारले बजेटमार्फत चालु आर्थिक बर्षभित्रै सेज सञ्चालनमा ल्याउने घोषणा गरेको थियो ।


  •  
  •  
  •