भारतद्वारा भैरहवा र रूपेडिहा नाका बन्द

457
  •  
  •  
  •  

काठमाडौँ, १६ कात्तिक(ओएनएस) : भारतीय पक्षले रुपन्देहीको भैरहवा र नेपालगञ्जको रुपैडिहा नाका बन्द गरेको छ । सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले नाका पूर्णरुपमा बन्द गरेको हो ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले माथिको आदेश भन्दै सोमबार बिहान १०:५५ देखि नाका बन्द गरेको हो । रुपैडिहा नजिकै रहेको एसएसबीको सातौं बटालियनको बी कम्पनि कमाण्डर पीएन सिंहका अनुसार सोमबार र मंगलबार दुई दिनसम्म सीमानाका बन्द हुनेछ ।

एसएसबीले गाडीहरूलाई प्रवेश गर्न नदिएपनि पैदल यात्रुलाई भने भारत प्रवेश गर्न दिएको छ । रुपैडिहामा रोकिएका नेपाली नम्बर प्लेटका गाडीहरुलाई भने एसएसबीले नेपाल आउन दिएको छ ।


  •  
  •  
  •