काठमाडौंको हराबरा जोगाउन भाईकाजीले गुहारे प्रहरीलाई  (पत्रसहित)

694
  •  
  •  
  •  

काठमाडौं, १४ मंसिर (ओएनएस) : १८ औं सार्कको अवसरमा माइतीघरदेखि तीनकुने सडकखण्डमा निर्माण गरिएका बगैचामा बिगार्ने काम भएको भन्दै काठमाडौं उपत्यका विकास प्राधिकरणले रोकथाम गर्नको लागि सुरक्षा परिचालन गर्न नेपाल प्रहरीलाई पत्र लेखेकाे छन् ।

प्रहरी कार्यलय नक्साललाई प्राधिकरणका नयाव विकास आयुक्त भाईकाजी तीवरीलेलेखिएका पत्रमा “काठमाडौंमा हरियाली प्रवर्दन कार्य भैरहेको बेला संरचनाहरु कुरुप पार्ने विगार्ने, कुल्चिने, चुड्ने लगायतका काम भएकाले रोकथापमको लागि सुरक्षा परिचालन गर्न” अग्रह गरिएको छ । यसअघि काठमाडौं महानगरपालिकाले पनि सहरको सुन्दरता र हरियालीलाई मास्ने काम गर्नेलाई सार्वजनिक मुद्दा अन्तर्गत कारबाही गर्ने बताएको थियो ।

महानगरपालिकाले सार्कका अवसरमा गमला र विभिन्न स्थानमा रोपेका बिरुवा चोरी गर्ने र तोडफोड गर्नेलाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही गर्नेको लागि तयारी गरेको हो ।यसैबीच रोपिएका बिरुवा संरक्षणका लागि बिहान ७ देखि १० बजेसम्म माइकिङसमेत गर्ने गरिएको छ । हालै सम्पन्न सार्क शिखर सम्मेलन अगाडि रोपिएको बिरुवा भाँचिएको बिरुवाका पात चुँडीएको र एउटा गमला फुटेको पाइएको छ ।

सार्कका अवसरमा महानगरपालिकाले ५ सय वटा गमला र विभिन्न खाली स्थानमा ४ सय ७५ वटा बिरुवा रोपेको थियो । ती बिरुवाको सुरक्षाका लागि प्रत्येक दिन महानगरपालिकाले पानी हाल्ने गरेको छ । त्यस्तै, राष्ट्रिय सभागृहलाई विशेष कार्यक्रम बाहेक अन्यका लागि प्रयोग गर्न नदिइने भएको छ ।

अन्तर्राष्ट्रिस्तरको सभाहल बनाउन करिव रु. २० करोड खर्च भएको हुनाले काठमाडौं महानगरपालिकाले छुट्टै निर्देशिका बनाएर विशेष समारोहका लागि मात्र हल प्रयोग गर्न दिने तयारी गर्न लागेको महानगरपालिकाले जानकारी दिएको छ । शिखर सम्मेलनका लागि सरकारले सो हल लिएको हुनाले महानगरपालिकालाई फिर्ता हुने बित्तिकै निर्देशिका बनाएर हल सञ्चालन गरिने समेत बताइएको छ ।

Patra


  •  
  •  
  •