पूर्वसांसद ज्ञवालीको निधन

146
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ ।

ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । ज्ञवाली विगत केही समयदेखि अल्सर रोगबाट पीडित थिए । दिल्लीको उपचारपछि फेरि ललितपुरको अल्का अस्पतालमा उनको उपचार हुँदै आएको थियो ।

विसं २००१ कात्तिक १ गते जन्मिएका ज्ञवाली विसं २०४८ को आम चुनावमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

ज्ञवालीले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति एवं पूर्व सांसद, गुल्मीका निष्ठावान् अग्रज नेता भागवत ज्ञवालीको निधनको समाचारले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ । स्वर्गीय ज्ञवालीले नेपालको प्रजातान्त्रिकरलोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली काङ्ग्रेसको सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछु । साथै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’


  •  
  •  
  •