सरकारले स्वदेश फर्कने नागरिकका लागि तोकिएको भाडादर फेरि घटायो

241
  •  
  •  
  •  

काठमाडौं । सरकारले स्वदेश फर्कने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा पुनः घटाएको छ । सरकारले यसअघि शुक्रबार केही भाडा घटाएको थियो । त्यसको २४ घण्टामा फेरि शनिबार भाडा घटाएको हो ।

यसपटक भने प्रमुख श्रम गन्तव्यहरूको मात्रै उडान भाडा घटाइएको छ । दुई पटक गरेर सरकारले करिब ३० प्रतिशत भाडा घटाएको छ ।

फाइल तस्बिर

भाडा घटाउन शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका अधिकारीहरूसँग छलफल गरेका थिए । सय डलर नबढ्ने गरी २० प्रतिशतसम्म भाडा घटाउन नेपाल एयरलाइन्स सहमत भएको छ भने हिमालयनले गृहकार्य गरेर जवाफ दिने बताएको छ ।

हेर्नुहोस् कति घट्यो भाडादर

मलेसिया र खाडीका गन्तव्यमा ९० देखि १०० डलरसम्म भाडा घटाइएको छ । नयाँ भाडादरअनुसार अब मलेसियाको भाडा ४६५ डलरबाट ३७२ डलर कायम भएको छ ।

त्यसैगरी दोहाबाट आउँदा यसअघि ४९० डलर लाग्ने भनिएकोमा अब ३९२ डलर कायम भएको छ । दुबईबाट नेपाल फर्किँदा ३६० डलर टिकट खर्च लाग्नेछ । यसअघि यस्तो खर्च ४५० डलर थियो ।

साउदीको दमामको भाडा ५३० बाट ४३०, ५६५ बाट ४६५ र जेद्दाको ६९० बाट ५९० डलरमा झारिएको छ ।

ओमानको भाडा ४६० बाट ३६८ मा झारिएको छ । बहराइनबाट फर्किने यात्रुले ३९२ डलरमा नेपाल एयरलाइन्सको टिकट पाउने छन् । यसअघि बहराइनबाट फर्किने भाडादर ४९० डलर थियो ।

कुवेतको भाडा ५१० डलरबाट ४१० मा झार्ने सहमति भएको छ । जोर्डनको भाडा ७७५बाट ६७५ र साइप्रसको भाडा ८३० बाट ७३० डलर तोकिएको छ ।
चार्टर फ्लाइटको भाडा महँगो भएको भन्दै आलोचना हुँदै आएको थियो ।

उडान तालिका यस्तो छ
कुवेतमा आममाफीमा सहभागी नेपाली महिलाहरु दुई उडान मार्फत नेपाल आइसकेका छन् ।

कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई ल्याउनका लागि अर्को उडान असार २ गते, ५ गते, ७ गते र १० गते हुने तय भएको छ । असार २ गते, ३ गते, ६ गते र ८ गते कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका तय भएको छ ।

यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान हुनेछ । मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान हुनेछ ।

साउदीमा समस्यामा परेका नेपालीलाई ल्याउन असार १ गते, ४ गते, ५ गते र १० गते उडान हुने भनिएपनि दमामबाट यही मिति १५ जुन २०२० मा गर्ने भनेर तय भएको हवाई उडान अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको दूतावासले जनाएको छ ।

यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान हुनेछ भने मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान हुनेछ ।

ओमानमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो उडान असार १ गते हुने भएको छ । त्यसपछि अर्को उडान असार ४ गते, ७ गते हुनेछ भने बहराइनमा समस्यामा परेका नेपालीलाई असार ३ गते स्वदेश ल्याइने भएको छ ।

जेठ ३२ गते बंगलादेशबाट त्यहाँ समस्यामा परेका नेपालीको उडान हुनेछ भने असार १ गते माल्दिभ्स, सिंगापुर र कम्बोडियाबाट पनि नेपालीको स्वदेश फिर्तीका लागि उडान हुने तय भएको छ ।

असार २ गते श्रीलंका र माल्दिभ्सबाट पनि त्यहाँ समस्यामा परेका नेपालीहरलाई ल्याउने उडान तालिका तय भएको छ भने असार ३ गते अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश र अमेरिकामा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याइने छ ।

असार ५ गते जापान र नाइजेरियामा समस्यामा परेका नेपालीलाई ल्याउन उडान हुनेछ भने असार ६ गते साइप्रस, बंगलादेश र युरोपियन युनियनबाट नेपालीको स्वदेश फिर्ती हुनेछ ।

असार ७ गते दक्षिण कोरियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछ । असार ८ गते अष्ट्रेलिया, थाइल्यान्ड र पाकिस्तानमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने उडान तालिका तय भएको छ भने असार ९ गते जापान, माल्दिभ्स र युगान्डा तथा असार ११ गते साइप्रस र इजरायलमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुने मन्त्रालयले जनाएको छ ।

कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई ल्याउनका लागि अर्को उडान असार २ गते, ५ गते, ७ गते र १० गते हुने तय भएको छ । असार २ गते, ३ गते, ६ गते र ८ गते कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका तय भएको छ ।

यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान हुनेछ । मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान हुनेछ ।

साउदीमा समस्यामा परेका नेपालीलाई ल्याउन असार १ गते, ४ गते, ५ गते र १० गते उडान हुनेछ ।

यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान हुनेछ भने मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १ गते, ४ गते, असार ६ गते र ७ गते उडान हुनेछ ।

ओमानमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो उडान असार १ गते हुने भएको छ । त्यसपछि अर्को उडान असार ४ गते, ७ गते हुनेछ भने बहराइनमा समस्यामा परेका नेपालीलाई असार ३ गते स्वदेश ल्याइने भएको छ ।

जेठ ३२ गते बंगलादेशबाट त्यहाँ समस्यामा परेका नेपालीको उडान हुनेछ भने असार १ गते माल्दिभ्स, सिंगापुर र कम्बोडियाबाट पनि नेपालीको स्वदेश फिर्तीका लागि उडान हुने तय भएको छ ।

असार २ गते श्रीलंका र माल्दिभ्सबाट पनि त्यहाँ समस्यामा परेका नेपालीहरलाई ल्याउने उडान तालिका तय भएको छ भने असार ३ गते अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश र अमेरिकामा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याइने छ ।

असार ५ गते जापान र नाइजेरियामा समस्यामा परेका नेपालीलाई ल्याउन उडान हुनेछ भने असार ६ गते साइप्रस, बंगलादेश र युरोपियन युनियनबाट नेपालीको स्वदेश फिर्ती हुनेछ ।

असार ७ गते दक्षिण कोरियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछ । असार ८ गते अष्ट्रेलिया, थाइल्यान्ड र पाकिस्तानमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने उडान तालिका तय भएको छ भने असार ९ गते जापान, माल्दिभ्स र युगान्डा तथा असार ११ गते साइप्रस र इजरायलमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुने जनाइएको छ ।


  •  
  •  
  •