सवारी साधानको भाडा घट्यो (सूचीसहित)

204
  •  
  •  
  •  

काठमाडौं, २७ माघ (ओएनएस) :  इन्धनको मूल्य लगातार घटेपछि सार्वजनिक सवारी साधानको पनि भाडा घटेको छ ।

यातायात व्यवस्था विभागले मंगलबार पेट्रोलियन पदार्थमा मूल्य घटेपछि सावारी सधानमा पनि भाडा घटाएको हो ।

विभागका अनुसार यात्रु बहाक सवारी सधानमा २.०३ प्रतिशत घटेको छ । यस्तै मालवहाक साधानमा तराईमा ५.२८ प्रतिशत र पहाडमा ४.३७ प्रतिशत भाडा घटेको छ । यस्तै ट्याक्सी र पर्यटक गाडीमा १.६२ प्रतिशत भाडा दर घटेको छ ।

अब काठमाडौं उपत्यकामा न्यूनतम १३ रुपैयाँ देखि अधिकतम २५ रुपैयाँसम्म भाडादर लागू हुनेछ । यसअघि मंगलबार संसदको विकास समितिले पनि भाडा समायोजन गर्न निर्देशन दिएको थियो ।

भाडा दरको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्


  •  
  •  
  •