नवनिर्मित भवन उद्घाटन

407
  •  
  •  
  •  

रुपन्देही । गुल्मीको धुर्कोट गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

भवनको ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले विकास र समृद्धि आफुहरूको एजेण्डा भएको बताए ।

उनले देशका सात प्रदेशमध्ये सबैभन्दा धेरै कानून प्रदेश पाँचले बनाएको, विकास खर्च सबैभन्दा धेरै गर्न सफल भएको लगायतका काम गरेको जानकारी गराए ।

मुख्यमन्त्री पोखरेलले संघियता आइसकेपछि देशमा आमुल परिवर्तन भएकोले देश विकासको बाटोमा अगाडि बढेको बताए । त्यसका साथै उनले कृषिमार्फत रोजगारि सिर्जना गर्ने, तीन वर्षभित्र आधारभुत खानेपानी पुर्याउने, ९० प्रतिशत अनुदानमा सोलार उपलब्ध गराउने लगायतका योजना रहेको बताए ।

त्यसका साथै उनले तम्घास सालझण्डी तम्घास सडक, स्थानीय तहको केन्द्रदेखि वडाकार्यालयसम्म पुग्ने मोटर बाटो पिच गर्ने जिम्मा प्रदेश सरकारले लिएको बताए ।

आगामी वर्ष जेठ मसान्तसम्म सबै आयोजना सम्पन्न गर्ने, आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आय उच्च गराउने, कृषि र उध्धोगमार्फत प्रदेशलाई समृद्ध बनाउने लगायतका योजना रहेको पनि जानकारी गराए ।

धुर्काेट गाँउपालिकाको भवन १ करोड ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । आव २०७४र७५ मा शुरू भएको भवन निर्माण कार्य आव २०७५/७६ मा सम्पन्न भएको गाँउपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

भवन बनाउका लागि स्थानीयले निःशुल्क ८ रोपनी जग्गा समेत प्रदान गरेका छन् ।

स्थानीय कृष्ण प्रसाद घिमिरे, हरी प्रसाद घिमिरे, राम प्रसाद घिमिरे र गणेश घिमिरेले प्रदान गरेको प्रमुख प्रशासकिय अधिकृत काँशिराम पन्थीले जानकारी दिए ।

उद्घाटन कार्यक्रमकै अवसरमा भवन निर्माण गर्नका लागी जग्गा उपलब्ध गराउने जग्गादातालाई पनि सम्मान गरिएको छ ।


  •  
  •  
  •